• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    1K
    SHARES



    काठमाडौँ । टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति एक युवकको हत्या भएको छ। चण्डेश्वरीमा बसोबास गर्दै आएका पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बादविवादका क्रममा हत्या भएको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सामान्य वादविवादकै क्रममा ती दुई जनाले लिम्बुमाथि फलामको रड प्रहार गरेका थिए।

    गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल पक्राउ परेकाहरूलाई हत्या मुद्दामा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ