• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कर्पोरेट विजनेश

    सुनको भाउ: तोलामा २ हजार ६ सय रुपैयाँले वृद्धि

    1.1K
    SHARES



    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले बढ्दै २ लाख ३८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोही मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ मात्र रहेको थियो।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य लगातार नयाँ रेकर्ड तोड्दै उकालो लागेको छ। विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २५ अमेरिकी डलर पुगेको छ, जुन इतिहासकै उच्च दर हो। सुनको मूल्य वृद्धिसँगै चाँदीमा भने सानो गिरावट आएको छ।

    अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता र भूराजनीतिक तनावका कारण सुनमा लगानीकर्ताको आकर्षण बढेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ