• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    अपडेट : वर्षा र पहिरोले देशभरका १९ स्थानमा सडक पूर्ण अवरुद्ध

    1.1K
    SHARES



    काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमतीलगायतका प्रदेशका सडक सञ्जालमा आवागमन ठप्प भएको जनाएको छ।

    कोशी प्रदेशमा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा, मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ। त्यसैगरी, ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा सिद्धिचरण लोकमार्ग पनि अवरुद्ध भएको छ।

    धनकुटाको पाख्रीबास दिकुरे, साँगुरीगढीस्थित चनौटे र ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग (कोशी राजमार्ग) बन्द छ भने, ईलाम नगरपालिकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी स्रोतले जनाएको छ।

    त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेर आवागमन ठप्प भएको छ।

    बागमती प्रदेशमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो क्षेत्र, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्रमा समेत पहिरोका कारण सडक बन्द छन्।

    साथै, दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    सिन्धुलीमा भने मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध मदन भण्डारी राजमार्ग आंशिक रूपमा सुचारु गरिएको छ। तर, फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बीपी राजमार्ग पूर्ण रूपमा बन्द छ।

    नेपाल प्रहरीले देशभरका राजमार्ग क्षेत्रमा अझै पनि पहिरोको जोखिम कायमै रहेको भन्दै सडक प्रयोग गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ