• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ईलाममा बाढी–पहिरो अपडेट : अहिलेसम्म १८ जनाको मृत्यु

    497
    SHARES



    सुनसरी । लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोले ठूलो जनधन क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा भएको पहिरोमा परेर कम्तीमा १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको मृत्यु, देउमाई नगरपालिका–५ धारेमा १ जनाको, र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

    त्यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको एसएसपी दीपक पोखरेलले जानकारी दिए। एसएसपी पोखरेलका अनुसार, पहिरो र बाढी प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

    घाइतेहरूको उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पुर्‍याइएको छ भने सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ। हाल पनि धेरै ठाउँमा सडक अवरुद्ध, सञ्चार र विद्युत् सेवा बाधित भएपछि उद्धार कार्यमा कठिनाइ भइरहेको छ। प्रशासनले पहिरो प्रभावित बस्तीमा राहत सामग्री पठाउने तयारी गरिरहेको छ।

    स्थानीय बासिन्दाले भने, “रातभरै वर्षा र पहिरोको डरमा घर छाडेर सुरक्षित स्थानमा बस्नुपरेको थियो।” मौसम विभागले अझै केही दिन मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना जनाउँदै, जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ