• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मकवानपुर हुँदै काठमाडौं जाने फाखेल सडक एकतर्फी सञ्चालन

    479
    SHARES



    हेटौँडा । अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं जोड्ने अधिकांश सडकमार्ग अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड एकतर्फी सञ्चालनमा छ भने त्रिभुवन राजपथ, कान्ति लोकपथ र सिस्नेरी सडक अझै अवरुद्ध नै छन्।

    प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार, सडक अवरुद्ध भएपछि हेटौँडामा रोकिएका सवारी साधनहरूलाई शनिबारदेखि भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ मार्ग हुँदै गन्तव्यतर्फ पठाउन थालिएको हो।

    शनिबार बिहान ९:३० बजेसम्म हेटौँडामा रोकिएका करिब ५० मध्ये १५–२० वटा यात्रुवाहक सवारी साधन काठमाडौं प्रस्थान गरिसकेका छन्। “पहिले नै रोकिएका सवारी साधनलाई प्राथमिकता दिइरहेका छौं,” सापकोटाले बताए।

    उनका अनुसार, त्रिभुवन राजपथका विभिन्न स्थानमा ढुंगा र रुख खसेर सडक अवरुद्ध भएको छ। त्यस्तै कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका–८ बगुवा खोलामा बनाइएको डाइभर्सन माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।

    यसैगरी, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अन्तर्गत डोढारे खोलामा आएको बाढीले सडक क्षति पुर्‍याएको छ। साथै विभिन्न स्थानमा माटो र ढुंगा खसेर सडक आवागमन रोकिएको छ।

    हालका लागि भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकमार्गबाट मात्र यात्रा गर्न सकिने प्रहरीले जनाएको छ। यद्यपि, इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलानजिक पहिरो खस्ने क्रम नरोकेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।

    प्रहरी निरीक्षक सापकोटाले भने, “यात्रा अघि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सडक डिभिजनमा सम्पर्क गरी बाटोको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्छ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ