• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अविरल वर्षाले बढ्दो जोखिम, सरकारले गर्‍यो दुई दिन सार्वजनिक बिदा दिने निर्णय

    540
    SHARES



    काठमाडौं । लगातार परिरहेको अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै असोज १९ र २० गते (शनिबार र आइतबार) देशभरका सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द रहने जनाएको हो।

    गृह मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेकाले बाढी, डुबान, पहिरो, भूक्षय तथा सडक र हवाई यातायातमा अवरोध हुने जोखिम बढेको छ। त्यस्ता सम्भावित जोखिमबाट जनधनको क्षति हुन नदिन सुरक्षाको दृष्टिले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ।

    सूचनामा भनिएको छ, “विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा असोज १९ र २० गतेका दिन सार्वजनिक बिदा रहनेछ।” गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको सूचनामा सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सरकारी निर्देशन तथा सूचना पालना गर्न आग्रह गरेको छ।

    साथै, देशका सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ, ताकि आकस्मिक घटनामा तुरुन्त उद्धार, राहत र व्यवस्थापनका कार्यहरू सञ्चालन गर्न सकियोस्। दशैं बिदापछि देशभर कार्यालयहरू आइतबारबाट नियमित रूपमा खुल्ने तयारी भइरहेकै बेला सरकारले दुई दिन थप बिदा दिने निर्णय गरेपछि कार्यालय र शैक्षिक संस्था पुनः सोमबारदेखि मात्र सञ्चालन हुने भएका छन्।

    हवामान पूर्वानुमान अनुसार, अझै असोज २० गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। त्यसैले बाढी र पहिरोको जोखिमयुक्त नदी किनार र डाँडाकाँडामा बसोबास गरिरहेका नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ