• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भारी वर्षाको पूर्वानुमान : चितवन, धादिङ र तनहुँले गरे रातिको यात्रा नगर्न चेतावनी

    1.9K
    SHARES



    काठमाडौं। चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयहरूले असोज २० गतेसम्म रातिको समयमा यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन्।

    पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा तथा नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा निरन्तर पहिरो जाँदै आएको र कहिलेकाहीँ सवारी आवागमन अवरुद्ध हुने अवस्था देखिएको छ। तीनै जिल्लाको संयुक्त समन्वयमा पहिरो हटाइएर सडक सञ्चालन हुँदै आएको भए पनि आगामी दिनहरूमा थप जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

    जल तथा मौसम विज्ञान विभागले आजदेखि असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेकाले उक्त अवधिमा सडक यात्रा जोखिमपूर्ण हुने भन्दै रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको हो। अत्यावश्यक काम बाहेक यात्रा नगर्न, यात्रा गर्नैपर्ने अवस्थामा भने दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी योजना बनाउन प्रशासनले सुझाव दिएको छ।

    यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायसँग सम्पर्क गरी आवश्यक जानकारी लिन पनि आग्रह गरिएको छ। विभागको पूर्वानुमान बमोजिम वर्षा भएमा स्थानीय प्रशासनले राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ