• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पदयात्रामा नजान आग्रह

    1K
    SHARES



    काठमाडौं। कास्की जिल्ला प्रशासन कार्यालयले आजदेखि आगामी सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशसहितका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएपछि कास्की प्रशासनले पदयात्री र पर्यटकलाई अन्नपूर्ण, मर्दी लगायतका हिमाली क्षेत्रमा नगर्न अनुरोध गरेको हो। कुनै विपद् घटेमा नजिकैका स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा प्रशासनलाई सम्पर्क गर्न अपिल गरिएको छ।

    विपद् व्यवस्थापनका लागि स्थानीय तह, रेडक्रस, नागरिक समाज, निजी क्षेत्र र सरोकार भएका सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पोखरा जोड्ने राजमार्ग तथा जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार सोमबारसम्म अति जरुरी कामबाहेक लामो दूरीको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न र नदी–खोलामा सतर्क रहन आग्रह गरिएको छ। उनले राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारी सञ्चालन गर्न र यात्रु क्षमताभन्दा बढी नचढाउन पनि यातायात व्यवसायीलाई ध्यानाकर्षण गराएका छन्।

    यसै सन्दर्भमा, कास्की प्रशासनले भीमाद–घान्द्रुक, उल्लेरी, लुम्ले-लान्द्रुक र काहुँखोला-ताङतिङ-सिक्लेस सडक खण्डमा सवारी साधनका लागि विशेष व्यवस्था गरेको छ। ती मार्गमा सवारीसाधनलाई दिउँसो ४ बजेभित्र मात्र छुट्न दिइनेछ भने फर्कने सवारी शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ