• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मोरङमा लामो दूरीका बस सेवा असोज २० गतेसम्म नचल्ने

    1.1K
    SHARES



    विराटनगर। मोरङ जिल्ला विपद् व्यवस्थापन समितिले आगामी असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावनालाई मध्यनजर गरेर लामो दूरीका बस सेवा स्थगित गर्ने निर्णय गरेको छ। यस्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारी र उच्च सतर्कता अपनाउने निर्णय पनि गरेको छ।

    समितिको निर्णयअनुसार, मोरङ जिल्लाबाट अन्यत्र चल्ने सबै लामो दूरीका बस सेवाहरू उक्त चार दिन पूर्ण रूपमा रोकिनेछन्। बाढी प्रभावित क्षेत्रका बासिन्दालाई पूर्व सचेतना दिन माइकिङ गरिनेछ भने विपद् सम्बन्धी जानकारी कार्यालयका आधिकारिक पेज र स्थानीय सञ्चार माध्यममार्फत सम्प्रेषण हुनेछ।

    सबै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (LEOCs) पूर्ण रूपमा सक्रिय रहनेछन्। सुरक्षा निकाय, स्वयंसेवक, गैरसरकारी संस्था र निजी संस्थाहरू समेत प्रतिकार्यमा सहभागि हुनेछन्। आवश्यक परेमा नेपाली सेनाको हेलिकप्टर टिम स्ट्यान्डबाई रहनेछ।

    जिल्ला विपद् व्यवस्थापन समितिले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न र जारी हुने सूचना तथा निर्देशनहरू पालना गर्न हार्दिक अनुरोध गरेको छ। विपद् सम्बन्धी जानकारी र सहयोगका लागि नेपाल प्रहरीको टोल फ्री नम्बर १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ उपलब्ध छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ