• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

    881
    SHARES



    काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आज (सोमबार)देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वको समयमा देशभर यातायात व्यवस्था सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुट परमिट खुला गरिएको जानकारी दिएको हो।

    महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब रुट नलिईकनै सार्वजनिक यातायात गन्तव्यसम्म जान सक्नेछन्। तर, केही मार्गमा विशेष कारणले प्रतिबन्धित सवारीसाधनमाथिको बन्देज भने यथावत् रहनेछ।

    यो व्यवस्था असोज २२ गतेसम्म लागू रहने छ। सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्नेछ।

    यसैबीच, चाडपर्वको चापलाई ध्यानमा राख्दै अत्यावश्यक सामग्री बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधनलाई आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय सरकारले पहिले नै गरिसकेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ