• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

भारतमा जिप दुर्घटना, सल्यानका ४ नेपालीको ज्यान

800
SHARES



काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक भएको जिप दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृतक सबै सल्यानका बासिन्दा रहेका छन्।

कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको भारतीय प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। तीमध्ये तीन जना एउटै परिवारका सदस्य भएको खुलेको छ।

घाइते नवराज शाही र हिमबहादुर शाहीलाई उपचारपछि डिस्चार्ज गरिएको छ। प्रहरीले जनाएको अनुसार चालकले सवारीसाधनमाथि नियन्त्रण गुमाउँदा जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते भएकी लक्ष्मी मल्ल शाही र डिल्लीबहादुर शाहीलाई अस्पताल पुर्‍याइएको थियो तर उपचारकै क्रममा दुबै जनाले ज्यान गुमाए। अन्य दुई मृतक घटनास्थलमै प्राण गुमाएका थिए।

भारतीय प्रहरीका डीएसपी सिद्धार्थ शर्माका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरिएको र शवलाई पोस्टमार्टमका लागि पठाइएको उनले बताए।

यस घटनाप्रति हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र शिक्षा मन्त्री समेत रहेका कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले गहिरो दु:ख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ