• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हुम्लामा पनि विस्तार भयो नेपाल टेलिकमको फोरजी सेवा

    2K
    SHARES



    काठमाडौँ । नेपाल टेलिकमले आफ्नो फोरजी सेवा दुर्गम कर्णाली प्रदेशको हुम्ला जिल्लामा समेत विस्तार गरेको छ ।

    टेलिकमले भदौ २५ गते सर्केगाड गाउँपालिका–१ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो। सेवाबाट सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमका बासिन्दाहरू लाभान्वित भएका छन्।

    त्यसैगरी, भदौ २७ गतेबाट हुम्लाको चंखेली गाउँपालिका–६ मा पनि टुजी र फोरजी सेवा सुरु भएको छ। चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र अन्य भूभागका सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित हुनेछन्।

    नेपाल टेलिकमले सदैव दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुर्याउनलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ