• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    खुलेन दशैंको अग्रिम टिकट बुकिङ, पहिले उपत्यकामा रोकिएका यात्रु पठाइने

    2K
    SHARES



    काठमाडौं । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ।

    आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।

    नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेन । यसबारे सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।

    पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई दिने भन्ने कुरा भयो,’ उनले भने, ‘त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएको छ ।’

    वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    समितिमा प्रहरी र व्यवसायीसमेत रहने गरी तोकिएको छ । बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

    ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने तथा आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने लगायतका निर्णयहरू पनि बैठकले गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ