• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अब अन्याय हुँदैन भन्ने आशा बोकेर जन्मदिनको दिन जेल फर्कंदैछु : रवि लामिछाने

    2K
    SHARES



    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् ।

    आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् ।

    सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

    ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।

    नख्खु कारागारमा रहेको सभापति लामिछाने पछिल्लो पटक जेनजीहरूको प्रदर्शनका क्रममा २४ भदौमा निस्किएका थिए ।

    उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी सुरुमा गरेका थिए । यद्यपि औपचारिक रुपमा कारागार प्रशासनले उनलाई थमाएको पत्रबारे केही बोलेको छैन ।

    उक्त पत्रबारे आलोचना बढेपछि लामिछाने आफैं कारागार फर्कन लागेका हुन् । उनले यसबारे मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ