• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जलिरहेको धरानको भाटभटेनीमा चार जनाको शव भेटियो

    2K
    SHARES



    विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

    मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

    इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन ।

    उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ। शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन ।

    मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो। मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ