• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जलीसभा

638
SHARES



काठमाडौं। जेनजीआन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका मृतकको सम्झनामा उनका आफन्तहरूले मैनबत्ती बालेर श्रद्धाञ्जलीसभा आयोजना गरेका हुन् ।

श्रद्धाञ्जलीसभामा उनका आफन्तहरू भावविह्वल अवस्थामा देखिन्थे। स्वास्थ्य मन्त्रालयले अनुसार विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ