• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

820
SHARES



रामेछाप । जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ ।

आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।

ग्यास सिलिण्डर पड्काएर विस्फोट गराउने प्रयास सुरक्षाकर्मीले थाहा पाएपछि स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा दुई पक्षबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले रामेछाप कारागारमा ३३० बढी कैदी रहेका छन् । कारागार कार्यालयमा नेपाली सेनासहित तीनवटै सुरक्षा निकायले सुरक्षा दिइरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ