• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ – केपी ओली

    2.2K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

    मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।

    ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ