• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश, मन्त्री र उच्चपदस्थ अधिकारीहरु सेनाको ब्यारेकमा

1.9K
SHARES



काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् ।

सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो । आन्दोलनको दोस्रो दिन मंगलबार देशका मुख्य सहरमा तथा नेताहरूका निजी आवास तथा प्रहरी बिट जलाउँदै नाराबाजी गरिरहेका छन् ।

यसैबीच जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । उता मन्त्री र उच्चपदस्थ अधिकारीहरु भने सेनाको ब्यारेकमा लुक्न थालेका छन् । भैसेपाटीबाट केहि मन्त्रीहरुलाई सेनाको ब्यारेकमा लगेर राखिएको स्रोतले संचारकेन्द्रलाई बतायो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ