• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसद् भवन परिसर नयाँ बानेश्वरमा बिहानैदेखि भेला हुन थाले युवा

    1.9K
    SHARES



    काठमाडौँ । नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा मंगलबार बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् ।

    अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । ‘हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,’ एकजना युवाले भने ।

    भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

    जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ