• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते, कुन अस्पतालमा कति ?

1.1K
SHARES



काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् ।

काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।

संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको छ ।

सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ ।

ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।

एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ ।

केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।

भर्खरै इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ