• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रुपन्देही र इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    0.9K
    SHARES



    सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन्।

    सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

    चारकिल्ला

    उत्तर:- हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र
    पूर्व :- मिलन चौक देखि जुट विकास भित्र
    दक्षिणः- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्र भित्र
    पश्चिम :- कलङ्की मोड देखि जनता बस्ती भित्र

    रुपन्देहीमा कर्फ्यु आदेश जारी

    यस्तै जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

    प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

    नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्युको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ।

    यी क्षेत्रमा कर्फ्यु लागू-

    बुटवल क्षेत्र

    पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म

    पश्चिममा बेलवास चोकसम्म

    उत्तरमा चिडिया खोलासम्म

    दक्षिणमा मंगलापुर सम्म

    भैरहवा क्षेत्र

    पूर्वमा रोहिणी खोला पुलसम्म

    पश्चिममा बेथरी पुलसम्म उत्तरमा बुद्धचोक सम्म दक्षिणमा मेउडीहवासम्म

    बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्म

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ