• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

प्रहरी दमनपछि बानेश्वरमा हिंसात्मक बन्यो जेनजी आन्दोलन, मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

1K
SHARES



काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।

मृत्यु हुनेमा धनकुटा घर भएका करिब ३५–४० वर्षीय युवा छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले बतायो ।

यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब सय जनाभन्दा बढी घाइते भएका छन् ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनमा प्रहरी दमन भएपछि आन्दोलनले हिंसात्मक स्वरुप लिएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ