• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त, करिब ७० जना घाइते

562
SHARES



काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।

कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । आन्दोलनका क्रममा करिब ७० जना घाइते भएका छन् ।

घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ