• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

१७ वर्षीय कन्टेन्ट क्रियटर यादव बने ‘ग्लोकल टिन हिरो नेपाल २०२५’

1.4K
SHARES



काठमाडौं । धनुषाका १७ वर्षीय अकन्टेन्ट क्रिएटर कृष यादव ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएका छन्। ललितपुरको द प्लाजामा सोमबार आयोजित एक विशेष समारोहमा यादवलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।

‘गोल्छा ग्रुप’ द्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो’ ले विगत एक दशकदेखि शिक्षाभन्दा बाहिरका क्षेत्रमा असाधारण प्रतिभा प्रदर्शन गर्ने किशोरकिशोरीहरूलाई सम्मान गर्दै आएको छ।

कृष यादव एक सामाजिक अभियन्ता तथा कन्टेन्ट क्रिएटर हुन् जसले मिडिया, अनुसन्धान र संवादको माध्यमबाट युवाहरूलाई सशक्त बनाउँदै आएका छन्।

उनी ‘टीएनसी डिबेट्स’ नामक युट्युब कार्यक्रमका निर्माता तथा सञ्चालक हुन्, जसले लोकतान्त्रिक संवादलाई प्रवर्द्धन गर्छ। साथै, ‘द नेपाली कमेन्ट’मा जटिल सामाजिक-राजनीतिक मुद्दाहरूलाई सरल भाषामा वृत्तचित्रमार्फत प्रस्तुत गर्छन्।

‘प्रोजेक्ट विवेक’ मार्फत उनले काठमाडौंका ४८० भन्दा बढी विद्यार्थीमाझ शिक्षा प्रणालीबारे सर्वेक्षण गरी अनुसन्धानमूलक लेख तयार गरिरहेका छन्। यसका अलावा उनी आदिवासी कपडा प्रयोग गरी आधुनिक झोला बनाउने ‘प्रोजेक्ट स्टिच’ का सह-संस्थापक पनि हुन्।

यादवले अन्य पाँच प्रतिस्पर्धीहरू मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुंगाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेणुका सिंह (सर्लाही) र सफल पौडेल (रूपन्देही) लाई पछि पार्दै उपाधि जितेका हुन्।

विजेताको छनोट एक उच्चस्तरीय निर्णायक मण्डलले गरेको थियो। मण्डलमा कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ, गोलछा ग्रुपकी निर्देशक सीमा गोल्छा, भोइथका अध्यक्ष सुरज वैद्य र नेपालका लागि युरोपेली सङ्घका प्रतिनिधि थोमस मिलर रहेका थिए।

कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, उद्यमी र युवा नेताहरूलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। गोलछा ग्रुपले प्रस्तुत गरेको यस कार्यक्रममा युरोपियन युनियन, विभिन्न दूतावास, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारी रहेको थियो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ