• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

उल्टियो नासुमा पदपूर्तिको व्यवस्था, अब १० प्रतिशत खुला प्रतिस्पर्धा

1.7K
SHARES



काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।

यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । राष्ट्रिय सभामा पुग्दा यो व्यवस्था उल्टिएको हो ।

राष्ट्रिय सभाले यसअघि सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो ।

यसअघि प्रतिनिधि सभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा रहेको अतिरिक्त सचिवको व्यवस्थालाई पनि विधायन व्यवस्थापन समितिले हटाएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ