• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

अनिवार्य अवकाशबारे दलहरू विभाजित : एमाले-कांग्रेस एकातिर र माओवादी-समाजवादी अर्कातिर

2.3K
SHARES



काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् ।

सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।

प्रतिनिधिसभाले विधेयक ऐनमा रूपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको छ । यसलाई सदर गरेर जाने निर्णय भइसकेको माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले बताए ।

नेकपा एकीकृत समाजवादीका साम्सद बेदुराम भुसाल पनि सर्वसम्मत भइसकेको निर्णय उल्ट्याउन नसकिने बताउँछन् । मन्त्रालयले फरक प्रस्ताव ल्याएकोले छलफल लम्बिएको उनले बताए ।

सत्तारुढ दलहरू भने सरकारको प्रस्ताव अनुसार अगाडि बढ्न तयार छन । काङ्ग्रेस साम्सद आनन्द प्रसाद ढुंगाना सरकारले भनेपछि कतिपय कुरा मान्नुपर्ने बताए । ‘५९ वर्षमा अवकाश हुने कुरा एन लागु भएकै वर्षबाट हुने गरि जाऔं,’ उनले भने ।

एमाले सांसद गोपाल भट्टराईले पनि ‘सरकारको प्रस्ताव मानेर जादा सहज हुने’ बताए । कुरा नमिलेपछि विधायन समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ