गाजा । इजरायलले गाजा सिटीमा गरिएको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदियालाई मारिएको दाबी गरेको छ ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै इजरायली रक्षा बल (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटलाई ‘सफल कार्यान्वयन’ को लागि बधाई दिएका छन् ।
हमासले भने ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन । समूहले यसअघि गाजा सिटीको आवासीय क्षेत्रमा भएको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिनुका साथै घाइते भएको जनाएको छ ।
स्थानीय पत्रकारका अनुसार गाजा सिटीको भीडभाडयुक्त अल–रिमाल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र २० जना घाइते भएको छ, जसमा बालबालिका पनि परेका छन् ।
शनिबारको आक्रमण इजरायलले गाजा सिटी कब्जा गर्ने योजनाअन्तर्गत लगातार भइरहेको हवाई कारबाहीकै क्रममा भएको हो । काट्जले ओबेदियाका ‘अपराधी सहयात्रीहरू’लाई पनि लक्षित गर्ने चेतावनी दिँदै गाजामा आक्रमण अझ तीव्र पारिने बताएका छन् ।
ओबेदिया सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणमा भएको हमासको घातक आक्रमणअघि देखिनै समूहको सैन्य विंगमा बाँकी रहेका थोरै वरिष्ठ नेतामध्ये एक मानिन्थे ।
प्रतिक्रिया