• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

    1.6K
    SHARES



    काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा दुर्गा प्रसाईँसहितलाई मुद्दा दायर गरेको थियो ।

    यसअघि जेठ ३० मा न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको थियो । सो उपर प्रसाईँसहित चार जना उच्च अदालत पुगेका थिए । उच्चले धरौटीमा छाड्न आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए ।

    राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका थिए । उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए । हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ