• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

बाघ गणनाका लागि सरकारले छुट्यायो २० लाख, आवश्यक २ करोड

1K
SHARES



चितवन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने विभागका अधिकारीहरु बताउँछन् ।

सरकारले हरेक चार चार बर्षमा बाघ गणना गर्दै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले २०८२ सालभित्र गैंडा र बाघ गणना दुवै हुने जानकारी दिए ।

बाघको गणना आगामी मंसिर–पुसतिर गर्ने गरी तयारी थालिएको विभागका महानिर्देशक डा.कँडेलको भनाइ छ । चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै विभिन्न राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा पनि बाघको गणना हुँदै आएको छ ।

बाघ गणना गर्दा बाघको संख्याका आधारमा उनीहरुको आहारा प्रजातिको अवस्था के कस्तो छ भनेर पनि अध्ययन हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक थियो ।

गणनाको बेला बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएको पाटाको आधारमा संख्या छुट्टाउने गरिन्छ ।

हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने बाघ विज्ञहरु बताउँछन् । तीन महिनासम्म बाघ हिँड्ने क्षेत्रमा राखिएका स्वचालित क्यामेराले खिचेका सबै फोटाहरु हेरेर संख्या निर्धारण गरिने महानिर्देशक डा.कँडेलले बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ