• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा चौरजहारी नगरपालिका जिल्लामा पहिलो

    115
    SHARES



    काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजामा जिल्लामै पहिलो भएको छ । ८४ अंक प्राप्त गरेको चौरजहारी नगरपालिकाले जिल्लामा पहिलो र कर्णाली प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।

    सो नतिजामा रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो, आठबिसकोट नगरपालिका दोस्रो, त्रिवेणी गाउँपालिका तेस्रो, सानीभेरी गाउँपालिका चौथो र बाँफीकोट गाउँपालिका पाँचौ स्थानमा छन् । रुकुमपश्चिमकै मुसिकोट नगरपालिकाको विवरण भने मन्त्रालयले सार्वजनिक गरेको सूचीमा छैन ।

    विभिन्न १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन गरिन्छ । चौरजहारी नगरपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.५० अंक प्राप्त गरेको छ । यसैगरी न्यायीक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११.५०, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७.५० तथा सहकार्य र समन्वयमा ३ अंक प्राप्त गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ