• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस्

    2.1K
    SHARES



    काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु नखोल्न ग्राहकहरूलाई आग्रह गरेको छ ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर बिभिन्न सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई कनेक्ट आइपीएको यूजरनेम र पास्वर्ड इन्ट्री गरी लगइन गर्न लगाएर ठगी गरिएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

    टेलिकमको विज्ञप्तिमा भनिएको छ, ‘केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर ‘Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it’ भन्ने व्यहोराको सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई कनेक्ट आइपीएको यूजरनेम र पास्वर्ड इन्ट्री गरी लगइन गर्न लगाएर ठगी गरिएको पाइएकोले सचेत रहन र त्यस्ता लिंकहरु नखोल्न सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ