• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ठमेलमा झगडा गर्ने सानुभाइ र क्लब ओम्नियाका सञ्चालकविरुद्ध मुद्दा दर्ता

    1.8K
    SHARES



    काठमाडौं । ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    प्रहरी वृत्त सोह्रखुट्टेले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    मुद्दा दर्ता हुनेहरूमा नुवाकोट घर भएका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।

    उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा अहिले उनीहरूको बयान सुरु भएको छ ।

    बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने तथा पुर्पक्षका लागि कारागार चलान गर्ने मध्ये एक आदेश आउने छ ।

    १४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । पक्राउ परेका दिलकुमार र रवीन्द्र राजेन्द्र गुरुङ समूहका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

    पुरानो रिसइबीका कारण उनीहरूबीच दोहोरी साँझभित्रै हानाहानको अवस्था आएको थियो । त्यसपछि राजेन्द्रले चक्कु समाउँदै आक्रमणको प्रयास गरेका थिए । दोहोरी साँझका बाउन्सरले उनीहरूलाई बाहिर निकाल्दै प्रहरीलाई खबर गरेका थिए श्र

    यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरू दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ