• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    टप एण्ड टी-२० सिरिज : नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै

    1K
    SHARES



    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ ।

    डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् ।

    एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

    टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् । टोलीमा डार्सी शर्ट मुख्य आकर्षण हुन्, जसले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् ।

    उनको साथमा जेक वेदराल्ड छन्, जसले सेफिल्ड शिल्डमा उच्च रन बनाउँदै अस्ट्रेलिया ‘ए’का लागि शतकीय इनिङ खेलेका छन् । उनले आगामी एशेजमा टेस्ट डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ ।

    त्यस्तै जोर्डन सिल्क टोलीका अर्का स्टार खेलाडी हुन् । तीन पटक बिग ब्यास जितिसकेका उनले आक्रामक शटसँगै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने नाम कमाएका छन् ।

    बलिङतर्फ केन रिचार्डसन अनुभवी पेस बलरका रूपमा छन् । उनी पनि अस्ट्रेलियाका लागि खेलिसकेका छन् । २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

    नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ