काठमाडौं । देशभर डेंगु संक्रमण तीव्र बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पुस मध्यदेखि हालसम्म ७४ जिल्लामा २ हजार ९५२ जनामा डेंगु पुष्टि भएको छ। गत एक सातामात्र १८० नयाँ संक्रमित थपिएका छन्।
प्रदेशगत तथ्यांकअनुसार बागमतीमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जना संक्रमित छन्। स्वास्थ्य विज्ञका अनुसार वास्तविक संख्या सरकारी तथ्यांकभन्दा कैयौं गुणा बढी हुन सक्छ।
सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु पछिल्ला वर्षहरूमा हरेक प्रदेशमा फैलिसकेको छ। २०२२ मा सबै ७७ जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको थियो।
विज्ञका अनुसार लामखुट्टे प्रजनन हुने स्थान—जस्तै खुला पानी, पुराना टायर, गमला, पानी ट्यांकी—सफा राख्नु नै नियन्त्रणको प्रभावकारी उपाय हो। डेंगुका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकले सल्लाह दिएका छन्।
प्रतिक्रिया