• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुर्खेतको चौकुनेमा अटो दुर्घटना, ६ जना घाइते, ५ महिने शिशुको अवस्था गम्भीर

    538
    SHARES



    सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा आइतबार बिहान अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    प्रहरीका अनुसार, चौकुने गाउँपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटना बिहान करिब साढे ९ बजे भएको हो ।

    दुर्घटनामा अटो चालकसहित सवार सबै जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते हुनेहरूमा चालक, चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले रहेका छन् । उनको देब्रे खुट्टा र हातमा चोट लागेको छ ।

    यसैगरी चौकुने–५ मायातालकी ३५ वर्षीया मिना विक र उनका ५ महिनाका छोरा नविश विक पनि घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका कारण शिशु नविशको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    आमा मिनाको भने शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम छ । दुर्घटनामा चौकुने–८ कोलघारकी १० वर्षीया धरमिसरा विक र ३२ वर्षीया जस्दा विक पनि घाइते भएका छन् ।

    धरमिसराको छाती, ढाड र दायाँ खुट्टामा तथा जस्दाको बायाँ हातमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनामा परेका अन्य दुई जना सामान्य घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार, घाइते सबैको चौकुनेस्थित गुडु बजारको एक स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गम्भीर घाइते शिशुलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ ।

    घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक कृष्णबहादुर वटालाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा अटोले क्षमताभन्दा बढी यात्रु बोकेकाले अनियन्त्रित भएको हुनसक्ने आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ