• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते, ३ जनाको अवस्था गम्भीर

    1.7K
    SHARES



    धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

    घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

    शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

    उनको त्यही मृत्यु भएको हो । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

    डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

    बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ