सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी नरहा गाउँपालिका–३ कि ३६ वर्षीय ममतादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।
प्रतिक्रिया