• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जब सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए …

    1.8K
    SHARES



    काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् ।

    मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।

    सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् ।

    कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालइीका डीएसपी राज कुमार सिंहले जानकारी दिए ।

    घटना दिउँसो करिब सवा १ बजेको हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको उनले बताए ।

    ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ