हेटौंडा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।
कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो । २६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया