• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने

    1.4K
    SHARES



    रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन १२ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

    गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोलीले निर्माणस्थलको अवलोकन गरेलगत्तै चिनियाँ समकक्षीसँग भर्चुअल बैठक भएको थियो।

    सोही बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा भोलिदेखि निर्माण थाल्ने जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाले पुल निर्माणका लागि आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ