• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्वास्थ्य बीमाको सेवा सुविधा अब दर्ता भएको तीन महिनामा उपलब्ध हुने

    183
    SHARES



    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमितहरूका लागि सेवा सुविधा लागू हुने समय छोट्याउने निर्णय गरेको छ।

    बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन, २०८२ अनुसार अब बीमा दर्ता भएको महिनालाई पहिलो महिना मानेर त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि स्वास्थ्य बीमा सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

    ‘नयाँ संशोधन अनुसार जुन महिना व्यक्तिले बीमामा दर्ता गराउँछन्, सो महिनालाई पहिलो महिना मानिने र त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि बीमाको सेवा सुविधा प्राप्त गर्न सकिनेछ,’स्वास्थ्य बीमा बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

    स्वास्थ्य बीमा बोर्डका अनुसार यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ