काठमाडौँ ।। वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाउने ‘ग्लोबल मनि विक २०२५’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रूपमा मनाएको छ ।
यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेको थियो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तक्रिया कार्यक्रमको आयोजना गरी ग्लोबल मनि विक मनाएको हो ।
माछापुच्छ्रे बैंकले आम ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया