• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दाङको घोराहीमा बस्तिभित्र पस्यो बाढी

    1.4K
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    दाङ । दाङको घोराहीस्थित ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

    घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्राय: सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।

    उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् ।

    उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।

    नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ । सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ । कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ