• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कर्पोरेट विजनेश

    आज आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै प्रदेश सरकार

    760
    SHARES



    काठमाडौं।  सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारका आर्थिक मामिलासम्बन्धी मन्त्रीहरूले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

    संविधानको व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। सोही अनुसार आज प्रदेश सरकारहरू बजेट प्रस्तुत गर्न लागेका हुन्।

    सुदूरपश्चिमको बजेट आज साँझ
    सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। गएको वर्ष सुदूरपश्चिमले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो।

    असार १ गते अगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले भोलि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आज आइतबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

    लुम्बिनीमा ३२ अर्ब हाराहारीको बजेट अनुमान
    लुम्बिनी प्रदेशले यस वर्ष ३२ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। अघिल्लो वर्षको बजेट ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको थियो। तर यस वर्ष ३२ अर्बको सिलिङ तय गरिएको भन्दै बजेट संकुचित हुने अनुमान गरिएको छ। बजेट प्रस्तुतिका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

    बागमतीको बजेट ६८ अर्ब हाराहारीमा
    संघीय राजधानी समेटिएको बागमती प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ६८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष बागमतीको बजेट ६२ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। बजेट प्रस्तुति आज दिउँसो ३ बजे हुनेछ।

    आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गरेका छन् । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेशका मन्त्रालयहरुले शनिबार अबेर रातिसम्म प्रदेशको बजेट प्रणाली (पीएलएमबीएस)मा बजेट विवरण प्रविष्ट गरेका छन् ।

    अन्य प्रदेशको तयारी
    मधेश प्रदेशले गत आर्थिक वर्ष ४४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। यस वर्ष पनि त्यही हाराहारीमा बजेट आउने अपेक्षा गरिएको छ।

    कोशी प्रदेशले अघिल्लो वर्ष ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो। यस्तै गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो। दुवै प्रदेशले आज नयाँ बजेट प्रस्तुत गर्नेछन्।

    प्रदेश सरकारहरूले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी तथा कृषिमा बजेट केन्द्रित गर्ने संकेत दिएका छन्। संघीय सरकारबाट प्राप्त सिधा अनुदान, आन्तरिक राजस्व र सन्तुलित विकासको आवश्यकता अनुसार बजेट संरचना बनाइएको जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ