• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपा प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको अादेश, पुनः गिरफ्तार गर्ने प्रहरीको तयारी

    17.2K
    SHARES



     काठमाडौं ।

    १० दिनदेखी महानगरिय प्रहरी परिसर टेकुको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा गर्न सर्वोच्चले आदेश दिएको छ ।

    प्रवक्ता प्रकाण्डको रिहाईको माग गर्दै छोरा नरेन्द्रबहादुर बिकले दायर गरेको रिटमाथि बहस गर्दै सर्वोच्चले सो अादेश दिएको हो । प्रहरीले लगाएको चन्दा उठाएको अभियोग पुष्टि नभएपछि सर्वोच्चले रिहाईको आदेश गरेको हो ।

    साउन २७ गते प्रकाण्ड पुत्र नरेन्द्रबहादुर विकले तीनै जनाको रिहाईको माग गर्दै रिट दायर गरेका थिए । प्रवक्ता प्रकाण्डलाई प्रहरीले गत साउन २२ गते काठमाडौंको चोभारबाट अपहरण शैलीमा गिरफ्तार गरेको थियाे । प्रवक्ता प्रकाण्डसँगै रिफ्तार गरिएका रिचन्द्र आचार्य ‘विमर्श’ र मानबहादुर श्रेष्ठको पनि रिहाईको माग रिटमा गरिएको थियो ।

    रिटको पक्षमा २८ जना वकिलले बहस गरेका थिए ।  सर्वोच्चका न्यायाधीशद्धय चोलेन्द्र शमशेर जवरा र तेजबहादुर केसीको ईजलासमा  विहानैदेखी भएको बहसमा नेपाल सरकारको तर्फबाट सहमहान्यायधिवक्ता सन्जीव रेग्मीले बहस गरेका थिए ।

    रिटको पक्षमा बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता शम्भु थापा, बरिष्ठ अधिवक्ता एकराज भण्डारी, बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता तुल्सी भट्ट, बरिष्ठ अधिवक्ता गोविन्द गौतम, बरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी, अधिवक्ता तथा पूर्वमहान्यायधिवक्ता हरी फुयाल, अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता खीमानन्द अधिकारी, अधिवक्ता कान्तिराम ढुङ्गाना, अधिवक्ता तथा बारका पूर्वमहासचिव सुनिल पोख्रेल, बारका वर्तमान उपाध्यक्ष तथा अधिवक्ता पदम बहादुर शाही, अधिवक्ता तथा बार सदस्य अरुण पौडेल, अधिवक्ता दिनमणी पोख्रेल, अधिवक्ता शिवकुमार यादव, अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, अधिवक्ता तथा सर्वाेच्च बारका सचिव सुमनराज आचार्य, अधिवक्ता गौरी न्यौपाने, अधिवक्ता राजु अधिकारी र अधिवक्ता बद्री प्रसाद भुषाल गरी २८ जनाले बहस गरेका थिए ।

    यता आजै काठमाडौँ प्रहरीले भने अनुसन्धानको लागि भन्दै दुई दिनको म्याद थप गरेको छ । काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गराएको हो ।

    प्रवक्ता प्रकाण्डलाई रिहाई गरे पनि पुनः गिरफ्तार गर्न सक्ने बताइएको छ । सर्वोच्च अदालत वरपर बाक्लो प्रहरीको उपस्थिति छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ