• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

    562
    SHARES



    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको अधिकारको प्रयोग र रक्षाका लागि सञ्चारकर्मीहरू निर्भय भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले प्रेस स्वतन्त्रताको सुदृढीकरणले समग्र लोकतान्त्रिक प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउनेमा जोड दिए।

    “निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसले खेलेको भूमिकालाई हामी सबैले बिर्सन मिल्दैन,” राष्ट्रपतिको सन्देशमा भनिएको छ, “स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो।”

    राष्ट्रपतिले बहुलवादमा आधारित पत्रकारिता अभ्यासले सबै वर्ग र समुदायको आवाज मुखरित गराउने उल्लेख गर्दै प्रेस जति स्वतन्त्र, तटस्थ र सबल हुन्छ, लोकतन्त्र त्यति नै सुदृढ हुने बताए।

    सन्देशमा राष्ट्रपतिको भनाइ छ, “हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ। सूचना सङ्कलनदेखि प्रवाहसम्म निर्वाध संलग्न हुन पाउनु नै प्रेस स्वतन्त्रताको सही अभ्यास हो।”

    बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै अफवाह तथा भ्रामक सूचनाहरू फैलिन सक्ने खतराका बीच स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणमा अझ मिहिनेत गर्नुपर्ने राष्ट्रपति पौडेलले उल्लेख गरे।

    उनले नेपाली सञ्चार जगत्ले सुसूचित समाज निर्माण र शासन प्रणालीलाई पारदर्शी बनाउने काममा थप योगदान दिइरहने विश्वास व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

    “संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ नेपाली सञ्चार जगत् निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दै राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु,” राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ