• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    विप्लवसहित ७ नेताबिरुद्ध कसले हाल्यो मुद्दा ? प्रहरीद्वारा पक्राउ पुर्जी जारी

    35.2K
    SHARES



    काठमाडौं ।

    प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लवसहित सो पार्टीका सात नेताविरुद्ध मुद्धा दायर गरेर आफै पक्राउ पुर्जी जारी गरेको हो । बुधबार जिल्ला अदालत कालिकोटमा विप्लवसहितका नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दायर गरेको हो ।

    आफ्ना नेता खड्गबहादुर विक प्रकाण्डलाई पक्राउ गरेको विरोधमा सो पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा कालिकोट सदरमुकामा मान्मा र कर्णाली राजमार्गको कालेखोला तथा मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिए ।

    शर्माका अनुसार विप्लवसहित पोलिटब्युरो सदस्य भरतब बम रणवीर, पोलिटब्यूरो सदस्य एटम बिसी, धीरेन्द्र उपाध्याय जिल्ला ईन्चार्ज लोकजंग शाही तथा नेतृ शान्ति विक छन् ।

    अदालतले बुधबारै विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । डिएसपी शर्माले विप्लवलाई जसरी पनि पक्राउ गर्न माथिबाट आदेश आएकाले खोजी तीव्र पारिएको जनाए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ