• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक, नामसहित

    642
    SHARES



    काठमाडौं । नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले नाम सार्वजनिक गरेको हो ।

    खासगरी बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई त्यस्तो रकमको आधारमा २ लाख रुपैयाँसम्म कर्जा दिँदै आएको थियो । यसका लागि बैंकसम्म जानु नपर्ने र धितो पनि नचाहिने व्यवस्था गरेको थियो ।

    तर, त्यसरी ऋण लिएर तिर्न असमर्थ भएका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र त्यस्तो कर्जा तिर्न बैंकले आग्रह गरेको हो । सो अवधिभित्र सम्पर्कमा नआएमा ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकको रिपोर्टमा उल्लेख गरिएको छ । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ