• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, दोषीमाथि कारबाही माग गर्ने विद्यार्थीहरूलाई होस्टेलबाट निकालियो

    1.2K
    SHARES



    काठमाडौँ । भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ।

    रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।

    भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन्।

    उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिएको खुलेको छ। यद्यपि विश्वविद्यालयले उजुरीमा कुनैपनि कारबाही प्रक्रिया अगाडि नबढाएको नेपाली विद्यार्थीहरूको गुनासो छ।

    घटनापछि नेपाली विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए। त्यहाँ रहेका नेपाली विद्यार्थीहरूले प्रदर्शनपछि दोषीलाई कारबाही गर्न समन्वय गर्नुको सट्टा नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट निकालिएको छ।

    त्यहाँ ८०० जना नेपाली अध्ययनरत छन्। उनीहरू सबैलाई सोमबार नै होस्टेलबाट निकालिएको नेपाली विद्यार्थीहरूले बताएका छन्।

    घटना सार्वजनिक भएपछि नेपालमा विभिन्न विद्यार्थी संगठनहरूले त्यसबारेमा सरकारसँग जबाफ माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाबारे कुटनीतिक तवरबाट बुझ्ने काम भइरहेको बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ